Categories
ब्लग home

देशको नागरिक तिम्रो बिरुद्द अर्को युद्द छेड्न तयार छ ? ज्वाला सग्रौला बिरुद्ध किन उजुरी यो हेर्नुहोस 😓

BREAKING

आफ्ना मुद्दाहरु कमजोर भएपछि नेकपाका साईबर स्यालहरुले म बिरुद्द सिआईबी खटाएछन्! म बिदेश हुदा पनि निरन्तर अन्याय
बिरुद्द बोलिरहें भने नेपाल आएपछि पनि निरन्तर भ्रस्टाचार , लुटतन्त्र , बेथितिका पडाडहरु चिर्न संजालमा होस् या सडकमा सक्रिय भएर काम गरिरहें! राज्यका गलत हर्कतका बिरुद्द बोलेपछि म जस्ता धेरै युवाहरु सुसुचित भए, नेताहरुको भण्डाफोर भयो, यी गलत काम गर्नेहरुप्रति जनताको बिश्वास घट्दै गएपछि आफ्नो सत्ता जोगाउन आज मेरो बिरुद्द केहि लेख्न नभेटेर रास्ट्रपतिलाई गाली गलौज गरि भन्ने बिषय उठाएर यी झोलेहरु गृहमन्त्रालयसम्म पुगेर मेरो बिरुद्द उजुरी हालेका छन्! मेरो प्रोफाईलको फोटोकपी गरेर जिल्लाका डिएसपी सम्म पुगाएर म हो कि हैन सनाखत गरिपाउ भनेर पत्राचार गरेछन् । आज देश कोरोनाको महामारीसंग जुध्दै गर्दा हामी पु्ब मेचीदेखि पश्चिम महाकाली सम्म नागरिक बचाउ अभियानमा दौडिरहेका बेला यिनीहरुलाई बिधा भण्डारीको ज्युकोचिन्ता छ , त्यो पनि आफूमाथी उठेका प्रस्नको जबाफ दिने ल्याकत नभएर ! त्यो पनि मैले पाचबर्षअघि लेखेको स्टाटस पो पेश गरेको अरे त ! आऊ कायरहरु , अब मसंग लडेर देखाऊ! मैले आज आफै इलाका प्रहरी कार्यालय बिर्तामोडमा आफै उपस्थित भएर मलाई पक्राऊ गर भनि ल्याप्चे लगाएर आएकी छु! रास्ट्रपतिले अबको ५ बर्षभित्र मुलुकका हरेक नागरिकको जीबन उकास्ने काम गर्छ भने म त्यो पॅाच बर्ष त के त्यस्को डबल पनि जेल बस्न तयार छु! हरेक लडाई र परिवर्तनमा एउटा न एउटाले कुर्बानी दिएको हुन्छ! नालापानी र देउथलहरुमा अमरसिंह र भक्ति थापाहरु नलडेर यतिकै भागेको भए आज हामी कसैको बुटमुनि दासत्वको सास फेरिरहेका हुन्थ्यौ होला ! ज्वाला अब एउटा ब्यक्ति मात्र हैन बिचार हो, म जेल जादैमा मेरो बिचार कैद हुदैन । हर सडक र हर संजालमा सडकमा गुन्जने छन् तिम्रा निरंकुशता र प्रतिगमन बिरुद्दका आवाजहरु! सत्ताको दम्भमा उन्मत्त भएर नागरिकलाई दबाउने र फसाउने काम गरिन्छ भने यो देशको नागरिक तिम्रो बिरुद्द अर्को युद्द छेड्न तयार छ …!

जयदेश💪💪🇳🇵🇳🇵

Categories
home

नागरिक स्वतन्त्रता कहॅा गयो ? ज्वाला को प्रश्न ??

ओली सरकार र यिनका निकटका मान्छेले जे गरे पनि हुने हो यो देशमा? नागरिक स्वतन्त्रता कहॅा गयो? हाम्रो बिरुद्द यिनका झोले कार्यकर्ताले कैयौ पटक फेसबुकमा लेखेर चरित्र हत्या गरे ! यिनलाइ नेपालको साईबर कानुन केहि नलाग्ने , अनि आज हामीले देश र जनताको पक्षमा बोल्दै गर्दा , भोका नागरिकलाइ खुवाउदै गर्दा , कसैको ढल्दै गरेको जीबन थाम्न अक्सिजनका सिलिण्डर बोकेर मेची महाकाली यात्रा गर्दै गर्दा हामीमाथी उल्टै यिनका झोलेहरुले सत्ता र शक्तिको तुजुक देखाएर जुन दमनको तरिका अपनाएका छन् , यस्को सबै मिलेर डटेर प्रतिबाद गर्न जरुरी छ ! आज म झापामा आएकी छु, राहतका कार्यक्रममा ब्यस्त छु! मेरो नाममा साईबर ब्युरोले चिठ्ठी पठाएको छ रे ! कहिले घरका दाजुभाईलाई फोन गर्ने , कहिले घरमा आएर बुढी भएकी आमालाइ मेरो बारे अनावस्यक सोधपुछ गर्ने , मेरा परिवारका सदस्यलाई टर्चर दिने लगायतका कार्यहरु निरन्तर भैरहेका छन् ! अस्ति चितवनमा राहत लिएर जाने क्रममा हेमराज थापा घेराबन्दीमा परे, हिजो सुर्खेतमा ज्ञानेन्द्र साही कुटिए, आज मेरो घरमा सरकारले बारम्बार प्रहरी पठाउॅछ ! प्रहरीले पनि राजनैतिक दबाबमा माथीको आदेशमा काम गर्नु पर्ने बाताबरणको सृजना यिनै प्रतिगमनकारी शासक र तिनका झोले कार्यकर्ताको कारण भएको छ । आज पार्टीको कुनै झोलेले समाजमा असल काम गर्दै हिड्ने कुनै ब्यक्ति बिरुद्द झूठो उजुरी हालेपनि केन्द्रीय तहका नेताहरु समेतले त्यो आफ्नो झोलेको बचाउमा उत्रन्छन्। तर हामी बिरुद्द बर्षौ देखि लेखेर चरित्र हत्या गर्ने साईबर अपराधीहरु पार्टी र सत्ताको आडमा छाडा छोडेका सॅाढेहरु जसरी खुलेआम हिडेर उल्टै हामीलाई जेल हाल्न रातारात मिटिङ गर्छन् ! याद गर झोलेहरु, तिमीहरुको सत्ताको दम्भ क्षणिक हो, आज तिम्रो हातमा भएको सत्ताको बुट र बन्दुक भोलि अर्कैको हातमा हुनेछ ! त्यसपछि आज तिमीहरुले जसरी निर्दोषहरुलाई फसाउने र बाधा गर्ने चक्रब्युह रचेका छौ नि, त्यहि बुट र बन्दुक तिमीतिर एकदिन जरुर सोझिने छ ! 💪🇳🇵

Categories
home

किन जनतालाई हेर्ने गलत दृस्ठिकोण सुधार्न राजनीतिक दलले प्रयास गर्दैनन् ???

किन राज्यले जनतालाई हेर्ने गलत दृस्ठिकोण सुधार्न राजनीतिक दलले प्रयास गर्दैनन् ??? किन उल्टै विभेद र विवाद आउने बिसयलाई झन् आश्रय दिन्छन् ??? मानवको केवल एउटैजात हुन्छ भन्नेकुरा किन स्विकार गर्दैनन् ??? मानिसको रङ्ग र आकार फरकफरक [होचो, अग्लो, मोटो, दुब्लो, चुच्चो, थेप्चो, कालो, गोरो, रातो आदि इत्यादी] होलान् तर जात एउटै हुन्छ यो कुरा कहिले स्विकारगर्ने ??? राज्यको नीतिमा यी तल उल्लेखित बुदाहरू अनिवार्य समाबेश हुनुपर्छ भन्ने अडान राजनीतिक दलले प्रस्तुत किन गर्दैनन् ???

१, राजनीतिक दलभित्र कुनैपनी जातको आधारमा जातिय संगठन हुनुहुदैन ।
२, राजनीतिक दलले जात र वर्गको आधारमा आरक्षणको ब्यवस्था गर्नुहुदैन जनताको अवस्थाको आधारमा सुबिधा उपलब्ध गराउनुपर्छ ।
३, बृद्धाभत्तालाई जातिय आधारको हदबन्दी लगाउनु हुदैन । समानता हुनुपर्छ ।
४, अपाङ्गतालाई वर्गिय आधारमा बिभाजन र श्रेणिको आधारमा सामाजिक सुरक्षाभत्ता होइन, अवस्थाको आधारमा स्वनिर्भर बनाउने वा बाच्न आवश्यकपर्ने सुबिधा उपलब्ध गराउनुपर्छ ।
५, देश र जनता समृद्ध हुनकालागी शिक्षा, स्वास्थ्य, औद्योगिक संरचना वा बिकासमा आधारित पुर्वाधार निर्माण गर्दा (बाटो, खानेपानी, बिजुलिबत्ती, सोलारबत्ती, कृषि वा पशुपालन प्रविधि आदि इत्यादी) गाउँ केन्द्रित हुनुपर्दछ।
६, शिक्षामा सबै नागरिकलाई क्षमता अनुसार नि:शुल्क साथै समान अवसरको ब्यवस्था सुनिश्चित गर्नुपर्दछ।
७, स्वास्थ्य सेवा राज्यका सम्पुर्ण नागरिकलाई पुर्णरूपमा नि:शुल्क गर्नुपर्दछ।
८, हरेक नागरिकलाई उद्यमशीलता वा रोजगारीको ब्यवस्था राज्यले गर्नुपर्दछ। बेरोजगार वा श्रमगर्न नसक्नेहरूकालागी जीवननिर्वाह भत्ताको ब्यवस्था राज्यले गर्नुपर्दछ।
९, हरेक जनताको बासस्थानको बन्दोबस्त राज्यले गर्नुपर्दछ साथै क्षमता अनुसारको काम लगाउने अधिकार पनि राज्यको हुनुपर्दछ ।
१०, देश र जनताको पहिचान, अस्थित्व, निर्णायकत्व र प्रभुत्व संरक्षण गर्दै सर्वहारा र श्रमजीवी वर्गको पुनरुत्थान हुनेगरी विकासका योजनाहरू बनाउनु पर्दछ।

खोइजनताप्रतिबफादारराजनीतिकदल ❓️❓️❓️

Categories
Uncategorized

“‘कामका कुरा’को प्रत्यक्ष प्रसारण – परिक्षण प्रसारण” अन्तिम एपिसोड on youtub

कामका कुराको आज अन्तिम ट्रायल एपिसोड हुदैछ

कामका कुराको आज अन्तिम ट्रायल एपिसोड हुदैछ। नेपालमा सम्भवतः पहिलो पटक प्रयोग भएको यो नवीन अवधारणामा कयौं प्राविधिक समस्याहरु आए। अधिकांश सल्टिए,केही बाँकी होलान्।आजको अन्तिम ट्रायलमा बिना रजिस्ट्रेशन सित्तैमा सहभागी हुन सकिन्छ। कुनै प्राविधिक समस्या नआएको खण्डमा यस पछिको एपिसोडहरु म संचालन गर्नेछु।आजको एपिसोडमा सहभागी भैसके पछि तपाईंले भोग्नु भएका समस्या कमेन्टमा लेख्नु होला। पुराना समस्या अधिकांश समाधान भएका छन्।नयाँ समस्या देखिए खबर गरि सहयोग गर्नु होला। धैर्यतापुर्वक आज सम्मका ट्रायल एपिसोडहरुमा सहभागी भैदिनु भएकोमा धेरै धन्यवाद। Galaxy 4K को प्रतीक्षापनि अब लामो छैन।

Categories
ब्लग मनोरञ्जन समाचार home

बनहरा शिबिरमा बस्दै आएका २६ घरपरिवारलाई राहत वितरण /,अन्तरास्ट्रिय मानबता समुहको टिम गाउँ गाउँमा

बनहरा शिबिरमा बस्दै आएका २६ घरपरिवारलाई राहत वितरण

प्रभु खबर२०७८ जेष्ठ २५, मंगलबार मा प्रकाशित २१ सेकेण्ड अघि

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ को कृष्ण सामुदायिक बनको पुर्वपट्टि रहेको बनहरा नदिको छेउमा बस्दै आएका सुकुम्बासीहरु लाई राहत वितरण गरिएको छ । मंगलबार शुक्लाफाटा नगरपालिका का वडा नम्बर ११ का वडा अध्यक्ष दिल बहादुर बुढा,शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ कै वडा सदस्य जय बहादुर बिष्ट,राष्ट्रिय भुमिअधिकार मंच सुदुरपश्चिम प्रदेशका सचिब रामबहादुर चुनारा लगायतको उपस्थितिमा राहत सामाग्री बितरण गरिएको हो ।

बैशाख १६ गते देखी कोरोनाको कारण अधिराज्य भर लागू भएको लकडाउन र निशेधाज्ञा को कारण मारमा परेका गरिब,बिपन्न,पिछडिएका बर्ग,मजदुर,सुकुम्बासी,आरक्ष पिडित लगायत सामान्य जनजीवन निर्वाह गरिरहेका नागरिक यस्को प्रत्यक्ष मारमा परेका छन । दोस्रो चरण को कोरोना महामारी को संक्रमणको न्यूनीकरण का लागि राज्यले गरेको लकडाउन र निधेधाज्ञा को कारण भोकमरी को मारमा परेका बिपन्न बर्गका परिवार लाई जिबिकोपार्जन गर्न सहज पुगोस भन्ने उद्देश्यका साथ राहत सामाग्री प्रदान गरिएको सुदुरपश्चिम प्रदेश सामाजिक अभियन्ता राजेन्द्र ताम्राकारले बताए ।

राहत सामाग्री अन्तर्राष्ट्रिय मानवता समुह का केन्द्रिय सयोजक, ओएस नेपालका निर्देशक एच बि ताम्राकारको पहलमा प्रदान गरिएको थियो भने राहत बितरण कार्यक्रम मा एल बि बिस्वकर्मा लगायत राष्ट्रिय भुमि अधिकार मंचको सहजीकरण एवम समन्वयमा बनहराका सुकुम्बासी २६ परिवार लाई खाद्यान्न बितरण गरिएको हो । बितरण गरिएको राहतमा चामल,दाल,नुन,सोडा,साबुन,तेल आदि रहेका छन् ।

Categories
ब्लग मनोरञ्जन home

बागमती प्रदेश एकता समाज दक्षिण कोरिया द्वार रास्ट्रीय अविस्कार केन्द्र नेपाल लाई सहयोग हस्तान्तरण !!!

बिश्वमा फैलीएको corona महामारीले नेपालमा अहिले भयबह रुप लिएको छ । मातृ भुमिमा बिकराल रुप लिएको कोरोना बिरुद्द लड्नको लागी प्रवासी भुमि दक्षिण कोरियामा कृयाशिल हाम्रो गरिमामय संस्था बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले एक हप्ता corona रहत अभियान संञ्चालन गरिएको थियो । सो अभियानबाट संकलित सहयोग रकम संस्थाको संरक्षक सल्लाहकार कार्यसमिति र प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष ज्यूहरुको संयुक्त बैठकले महामारी बिरुद्द लड्नको लागी अहम भुमिका खेलि रहेको राष्ट्रको नै निष्पक्ष अग्रज ब्यक्तित्व महाबिर पुन ज्यूको राष्ट्रीय आबिस्कार केन्द्रलाई बितरण गर्ने निर्णय भए बमोजिम आज मिति २०७८/०२/२५ गते राष्ट्रीय आबिष्कार केन्द्रको निमित्त प्रमुख किशोर रिमाल ज्यू लाई ४० लिटरको १० ओटा अक्सिजन सिलिन्डर मिनि अक्सिजन प्लन्टमा जडान गर्नको लागी बितरन गरिएको छ । सो बाट उत्पादित अक्सिजनले कोरोनाले पिडित भन्दा पिडितमा पुर्याउने उहाँहरुले प्रतिबद्दता जनाउनु भएको छ । यो सहयोग अभियान चलाउन देखि सहयोग संकलन गर्नको लगी अहम भुमिका खेल्नु हुने संरक्षक प्रकाश धमला सल्लाहकार ज्यू हरु कार्यसमितिका साथिहरु प्रदेश अन्तर्गतका जिल्ल अध्यक्ष ज्यूहरु र यो सहयोग अभियानमा आफ्नो गाँस काटेर सहयोग गर्नुहुने आदरणीय सहयोगी दात्तालाई हार्दिक धन्यबाद । नेपालमा सहयोग हस्तान्तरण र योजना निर्माणमा महत्वपुर्ण भुमिका खेल्नु हुने हाम्रो संस्थाको सस्थापक सल्लाहकार चित्र बहादुर मोक्तान ज्यू , सस्थापक निवर्तमन बरिष्ठ उपाध्यक्ष यदु कुमार गिरि ज्यू रामेछाप सम्पर्क समितिको निवर्तमान बरिष्ठ उपाध्यक्ष टंक गौतम ज्यू रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष नरेश मोक्तान ज्यू लायन्स क्लब अफ काठमन्डौ अध्यक्ष ज्यू, समाजसेवी चन्द्र बहादुर घिसिङ ज्यू लगयात उपस्थित हुनुभएका सम्पुर्ण साथिहरु राष्ट्रीय आबिस्कार केन्द्रका प्रतिनिधि ज्यू हरु बितरण र हस्तान्तरणको बिषयमा पटक पटक सल्लाह सुझाब दिनुहुने संस्थापक सल्लाहकार यम श्रेष्ठ ज्यू सस्थापक अध्यक्ष किशोर ब्लोन सस्थापक उपाध्यक्ष सरोज केसी संस्थापक कोषाध्यक्ष ज्ञानु चौहान (ज्ञानी मान्छे) ज्यूहरु लगायत सम्पुर्णमा हार्दिक धन्यबाद ।

यो पुनित कार्यमा सहयोग गर्नुहुने सहयोगी महानुभावहरुको नामवली
१•सुरेश थिङ मकवानपुर ५०००० वन
२•रवि प्रताप घिसिङ रामेछाप ६०००० वन
३•गोकुल प्र•दंगाल सिन्धुपाल्चोक ५०००० वन
४•राजेन्द्र दुलाल काभ्रे ५०००० वन
५•अनिता रुम्बा मकवानपुर ३०००० वन
६•प्रकाश कमला धादिङ ५००००वन
७•सानु लामा काभ्रे २०००० वन
८•पदम लामा काभ्रे ३१००० वन
९•बिज्ञान लामा सिन्धुली ६०००० वन
१०. सुरज दर्लामी सिन्धुली ५०००० वन
११. नारायण चौलागाईं सिन्धुली ३०००० वन
१२•कुमार केसि सिन्धुली ३०००० वन
१३. जयराम ढुंगाना नुवाकोट ५०००० वन
१४. मनोज थापा धादिङ १०००० वन
१५.शिव शंकर महतो थारु पर्सा २५००० वन
१६.रबि लामा रामेछाप ३०००० वन
१७.अभियान खड्का रामेछाप ३०००० वन
१८•भिम खड्का रामेछाप ३०००० वन
१९.जीवन मानन्धर रामेछाप २०००० वन
२०. उत्सव खड्का सिन्धुपाल्चोक २०००० वन
२१• रजय लामा रामेछाप २०००० वन
२२•उत्तम खनाल सिन्धुपाल्चोक ५०००० वन
२३•सुन्दर प्र.अधिकारी नुवाकोट ३०००० वन
२४•एम आर सी थोकर काभ्रे ३०००० वन
२५•अभिनय न्यौपाने मकवानपुर ३०००० वन
२६•रजिना घलान मकवानपुर ३०००० वन
२७•सोना घलान मकवानपुर ३०००० वन
२८•नवराज सिवाकोटी भक्तपुर ५०००० वन
२९•भवानी प्र.पौड्याल २१००० वन
३०•रमेश श्रेष्ठ नुवाकोट ३०००० वन
३१.रन्जित गुरुङ तनहुँ २०००० वन
३२.सागर लामा काभ्रे २५००० वन
३३.ओम कार्की सिन्धुली २०००० वन
३४. राधिका गोले महोत्तरी २०००० वन
३५. रहर लामा काभ्रे ३५००० वन
३६.रजक डिसि काभ्रे २०००० वन
३७.अन्कीत कार्की दोलखा ३०००० वन
३८.बिजय बिक्रम आले मकवानपुर २०००० वन
३९.बिजय लामा रामेछाप दोरम्भ २०००० वन
४०. सपना अधिकारी ५०००० वन
४१• हुमान नेपाली सिन्धुली १०००० वन
४२.शंकर सुराङ्गी मगर सिन्धुली ५०५०० वन
४३.डोटेल जीव २०००० वन
४४. नवीन श्रेष्ठ सिन्धुपाल्चोक २१००० वन
४५.सुर्य रुम्बा मकवानपुर २५००० वन
४६• पवन श्रेष्ठ उदयपुर २०००० वन
४७• जेल्ली गुरुङ धादिङ १०००० वन
४८• आराति चौधरी दाङ १०००० वन
४९• सुजन रसाईली काभ्रे २०००० वन
५०• उमेस अमात्य पनौति काभ्रे १०००० वन
५१• अनिल खड्की भक्तपुर ३०००० वन
५२• राजकुमार स्याङ्तान चितवन २१००० वन
५३.सोम तामाङ नमस्ते एशिया रेष्टुरेण्ट खम्दनसागारी ५०००० वन
५४.लिला महतो चितवन २५००० वन
५५.आनन्द स्याङतान मकवानपुर २०००० वन
५६.बिजय अर्याल चितवन ३१००० वन
५७.जुनु गुरुङ सुभेक्षा रेष्टुरेण्ट ३१००० वन
५८.भजिन्द्र श्रेत्री रुपन्देही ५०००० वन
५९.अभिराम बम्जन २०००० वन
६०.मोतिलाल स्याङबो मकवानपुर २०००० वन
६१.बिष्णु चौलागाई काभ्रे २०००० वन
६२.GHALEPRAK. २०००० वन
६३.उर्गेन लामा सिन्धुली २००००वन
६४.मनोज कुमार सुबेदी मकवानपुर १५००० वन
६५.अनक ब. सारु मगर सिन्धुली १५००० वन
६६.सन्तोष सेढाई दोलखा १५०००वन

अध्यक्ष
रविप्रताप घिसिङ
बागमती प्रदेश एकता समाज दक्षिण कोरिया ।

Categories
ब्लग मनोरञ्जन समाचार blog home

हाम्रो टिम नेपालको उदाहरणीय कार्य / पर्शा मा यति ठूलो सहयोग ??

पर्सा जिल्ला बिरगन्ज महानगरपालिका वडा नं १९ र सखुवा पर्सौनि गाउपालिका वडा नं ५ महुवन बस्तीमा आज भर्खर Hamro Team Nepal ले २५० बोरा चामाल बितरण गरेका छौ , हजुरहरूको साथ हौसला समर्थन सहयोग प्रति आभारी छौ , WELL DONE Umesh BoharaSajan Shrestha

humanity

Categories
मनोरञ्जन समाचार blog home

उदाहरणीय कार्य गर्दै हाम्रो टिम नेपाल

Hamro Team Nepal ले भर्खर चितवन जिल्ला को कालिका नगरपालिका वडा न ११ सैपाम बाँसघारीमा ६७ बिपन्न परिवार लाइ राहात खाधान्न बितरण गरिसकेका छौ , हज़ुरहरूको साथ सहयोग हौसला सहयोगी मनहरू प्रति आभारी छौ 🙏🇳🇵

humanity

Categories
ब्लग मनोरञ्जन समाचार home

किन ग्यानेन्द्र शाहीको प्राथमिकतामा पर्दैन डडेल्धुरा ?? शाही टिमको नम्बर ९८७३५४५५७४ ,9863545574 ( बिहान ८ देखि बेलुकी ८ बजे सम्म )

कोभिडको निसुल्क सेवामा देशै भरी सेवा दिदै आउनु भएका ग्यानेन्द्र शाहीको प्राथमिकता मा डडेल्धुरा परेन ।

यस्तो छ ग्यानेन्द्र शाहिको कार्य योजना कहाँ कहाँ जाँदै छ्न ??

कोभिड निशुल्क सेवामा देश भरी नै सेवामा खटियका टिमहरु
१) सोलुखुम्बु = नायक निखिल उप्रेती ,शोभा गुरुङ ,डा:सुबास घिमिरे ,शिक्षा बिद कर्ण बहादुर शाही
२) झापा : चन्द्र मणि पौडेल संयोजक हाम्रो नेपाल हामी नेपाली प्रदेश न १ को नेतुव्वमा सम्पुर्ण टिम
३ ) चितवन : सिमा घतान बिश्वकर्माको नेतुव्वमा टिम
४) कैलाली : रबिन भुसाल , खगेन्द्र नाथ योगिरितु साहु पाण्डे लगाएतको जिको टिम
५ ) कंचनपुर :हिरा बोहरा को टिम
६ ) बुटवल : रोशन खाँड को टिम
८) पोखरा : जिता बराल को टिम
९ ) तनहुँ : बिष्णु भक्त खनाल को टिम
१० ) काठमाडौ देखि मुगु हुदै दार्चुला सम्म: बोधिस्त्वा बिहार टिम ,शान्त शर्मा तिलक बस्नेत , नितु खडका ,राजेश महत ,सीता आर्चाय ,अर्जुन अधिकारी ,रुपहेन्दी संयोजक डम्बर जिसि ज्युको टिम कृष्ण बहादुर जि.सि.
११) काठमाडौ : मास्टर Hueiguang shi, बिजय लामा , केदार घिमिरे , सन्जिता लुइँटेल अनिल थापा ,देबेन्द्र भिम सेन मैनाली प्रधान ,सर्बेन्द खनाल ,रामेस्वर ॐ समाज डेण्टल उपाध्यक्ष ज्यु को टिम,बोधिस्त्व बिहार टिम

Categories
Uncategorized

स्थानीय मिडिया कर्मी साथीहरु को यस पत्रकारितालाई सलाम तर मेरो एउटा गुनासो
मिडिया कर्मी साथीहरु लाई हाम्रो देश को संविधान बमोजिम चौथो अंग मानिन्छ ! त्यकारण तपाईंहरु आफ्नो पत्रकारीता लाई समाचार मनोरञ्जन सँगै परिवर्तन हाम्रो गाउँ समाज र देश परिबर्तनमा ठुलो भुमिका हुन्छ
तपाईं हरु ओझेलमा परेका बिकासका काम हरु लाई मध्यनजर गर्दै रीपोटिङ र निडर सक्षम भए अझै जनप्रतिनिधि को ध्यान हुन्थयो की ??
तपाईहरु त्यहाका जनप्रतिनिधिको अन्डरमा काम गर्नु हुन्छ कि जस्तो लाग्यो किनकि एउटा स्थानीय तहमा कुनै बिकास का काम हरु थालनी हुनु भन्दा पहिले मिडिया कता हुन्छ थाहा हुदैन तर बिडम्बना कुनै काम विकास भै सक्यो भने त्याहा मिडिया कर्मचारी गएर रिपोर्टिङ गर्दै गरेको पाईन्छ जस कारण जनप्रतिनिधिको प्रशंसा गरे जस्तो तारिफ प्रचार गरे जस्तो देखिन्छ आखीर किन ???? बिकास नहुँदै विकास नभएका ठाउँ क्षेत्रमा रिपोर्टिङ गरी जनप्रतिनिधि लाई घच्घच्याई ध्यानाकर्षण गराउँदा अझै जिम्मेवारि र निगरानी हुन्थ्यो की ??
स्पस्ट छ :-
ऊदारण1 ;- गौरिगंगा.न .९ झोलुङ्गे पुल बनेको केहिदिनमै रिपोर्टिङ गरेको देखियो
ऊदारण2 ;- गौरीगगा.न ..११ कटैनी नदिमा पुल छैन र त्यहाँ रिपोर्टिङ कसैले गरेन

✍️ टेकेन्द् रावल ११ शीवपुर